कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले आफ्नो नियमन क्षेत्र भित्रका सबै सहकारी संघ/संस्थाहरुलाई आफ्नो सूचना तथ्याङ्क र विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । उद्योग,कृषि तथा सहकारी मन्त्रालय , कोशी प्रदेश , विराटनगर तथा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार ,काठमाडौबाट प्राप्त पत्र अनुरुप सो निर्देशन दिइएको बताइएको छ






