ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभूमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा २०८१ माघ १३ गतेदेखि ५ दिने झोल सावुन, फिनेल,,हर्पिक र डल्ला साबुन ,बनाउने तालिम सञ्चालन गर्ने भएको छ । सोही संस्थाको महिला उप-समितिको आयोजनामा संस्थाको आफ्नै भवनको तालिम हलमा उक्त तालिम सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । यो तालिममा सहभागीहरुले यही माघ ५ गतेसम्मभित्र फारम बुझाउनु पर्ने छ ।

गएको पुस १५ गते यही संस्थाको शिक्षा उप-समितिको आयोजनामा १ दिने सफ्टवेयर सम्बन्धी तालिम सञ्चालन भएको थियो । तालिममा संस्थाका सल्लाहकार , सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस्तै असोज १२ गते सम्पन्न त्यस संस्थाको २८औं बार्षिक साधारण सभाले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आर्जन गरेको मुनाफाबाट ५ प्रतिशत दशै/तिहार खर्च सहित आफना शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभा्श वितरण गरेको थियो ।

सोही संस्थाकी कार्यबाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा त्यसै संस्थाका सचिव ई.आशिष् श्रेष्ठले संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक कार्यक्रम तथा प्रतिवेदन , कोषाध्यक्ष ई.श्रवेशलाल श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक हरिभक्त श्रेष्ठले संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट पारित भएका ती प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ को अन्तसम्ममा उक्त संस्थामा शेयर पूँजी रु.५,७८,५६,००० , बचत संकलन रु.६४,७७,७४,४२१, कर्जा लगानी रु.५४,२५,३९,८५१ र २०७१ आश्विन १२ गतेसम्म शेयर सदस्य संख्या ३,५९१ रहेको उल्लेख छ ।

यस्तै २०८१ असोज १२ र १३ गते गएको बाढी पहिरोबाट पीडित महालक्ष्मी नगरपालिका वडा नं.८ का १२ जना र वडा नं.९ का ८ जना गरि २० जनालाई प्रति व्यक्ति रु.५,००० का दरले आर्थिक सहयोग गरेको थियो ।
यसैगरी आफ्नो २८औं वार्षिक साधारण सभाको निर्णय अनुिार त्यस संस्थाले लुभू दाफा मंका खललाई खिँ , लुभू धा खललाई खिँ र भूस्या , गीता अध्ययन मण्डललाई हारमोनियम र महालक्ष्मी महाभैरव भजनलाई स्पीकर हस्तान्तरण गरेको थियो ।
गएको कार्तिक २२ गते यो संस्थाको २९औं वार्षिक उत्सवको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आफ्नै कार्यालयमा आयोजना गरिएको थियो । सो कार्यक्रम सम्पन्न भएपछि त्यसैदिनदेखि कार्तिक २४ गतेसम्म ललितपुरबाट पोखरा हुँदै गोरखासम्म अध्ययन अवलोकन भ्रमण भएको थियो । भ्रमणको क्रममा त्यसै संस्थाका सल्लाहकार, सञ्चालक समित र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरु गरि २७ जना सम्मिलित उक्त भ्रमण टोलीले पोखराको सारङकोट बहुद्देश्यीय सहकारी संस्था लि.को अध्ययन अवलोकन भ्रमण गरेको थियो ।

बचत तथा ऋ्ण कारोबारसँगै सो संस्थाले लुभूमा वेष्टविङ्ग मा.वि., सहयोगी ग्यास डिपो, सहयोगी सुपथ मुल्य पसल, सहयोगी जेष्ठ नागरिक गृह , सहयोगी अर्गानिक कृषि अध्ययन केन्द्र सञ्चालन गरिरहेको छ । यो संस्थाले विगतमा बर्षहरुमा झैं यस वर्ष पनि वेष्टविङ मा.वि., लुभूमा अध्ययनरत ९३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको सोही संस्थाका व्यवस्थापक श्यामकृयण श्रेष्ठले बताउनुभएको छ । उहाले यो संस्थाले आफ्ना कुनै शेयर सदस्य विरामी भई हस्पिटलमा भर्ना भएर उपचार गर्नु परेमा निजको १५ दिनसम्मको रु.५०० मा दरले बेड शुल्क भुक्तानी गर्ने गरेको जानकारी दिनुभयो ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७,८,९ र १० मा कार्यक्षेत्र रहेको यो संस्थामा २७ प्रतिशत तरलता रहेको जनाइएको छ ।

गएको पुस १४ गते नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको भएको सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जस्ताकोतस्तै लागू भए सहकारी संस्था सञ्चालन गर्न कठिन हुने त्यसै संस्थाका व्यवस्थापक श्रेष्ठको भनाइ छ ।