दमक / दमक नगरपालिकाका नवनिर्वाचित मेयर रामकुमार थापाले आउदो साउनबाट दमक नगरपालिकाले सिटी रिक्साको पटके कर खारेज गर्ने बताउनुभएको छ । यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसलाई सम्बोधन गर्दै राप्रपा नेता तथा मेयर थापाले आफूलाई मेयरको हैसियतमा उपलब्ध गराउने पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘६ महिना भित्रमा धमाका सुकुम्बासीलाई जग्गाको लालपूर्जा प्रदान गरिने छ’, भन्नुभयो सो अवसरमा दमक नगरपालिकाकी नवनिर्वाचित उप-मेयर रेगिना भट्टराई प्रसाई लगायतका नवनिर्वाचित जनप्रतिनिहरुको उपस्थिति रहेको थियो ।
२०४९, २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले दमक नगरपालिकामा राप्रपा -नेपाली कांग्रेस- नेकपा (माके) गठबन्धनको तर्फबाट राप्रपाका मेयरका उम्मेद्वार थापाले दमक नगरपालिकाकी नि: बर्तमान मेयर तथा नेकपा (एमाले)का मेयर की उम्मेद्वार गीता अधिकारी पौडेललाई पराजित गर्नु भयो भने वडा नं.४ को वडाध्यक्ष र वडा नं.१० वडाध्यक्षका साथै ३ सदस्य र वडा नं.७ मा २ सदस्य नेपाली कांग्रेसले तथा वडा नं.७ मा वडाध्यक्षका साथै २ सदस्य राप्राले वाँकी वडाध्यक्ष र वडा सदस्य नेकपा (एमाले)ले जितेको छ । । यसैगरी सोही गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपमेयरकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईले नेकपा (एमाले)का उप-मेयरका उम्मेद्वार अम्बिकाप्रसाद खनाललाई पराजीत गर्नुभएको छ भने वडा नं.४ को वडाध्यक्ष , वडा नं.७ मा २ सदस्य र वडा नं.१० वडाध्यक्षका साथै ३ सदस्य गठबन्धन अन्तर्गतको नेपाली कांग्रेसले तथा वडा नं.७ मा वडाध्यक्षका साथै २ सदस्य गठबन्धनकै राप्राले वाँकी वडाध्यक्ष र वडा सदस्य नेकपा (एमाले)ले जितेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको वडा नं.१ का वडाध्यक्षमा राप्रपाका तारा अधिकारी र वडा नं.७ को १ दलित महिला सदस्य सहित वडाध्यक्षमा राप्रपाकै भीमप्रसाद पौडेल (पौडेल यस पटक पनि उक्त वडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको छ भने उहाँ २०५४ को चुनावमा पनि त्यसै वडाका वडाध्यक्ष निर्वाचित हुनुभएको थियो)ले जितेको बाहेकका बाँकी सबै पदमा नेकपा (एमाले)ले जितेको थियो । दमक नगरपालिकाका नवनिर्वाचित मेयर थापा सोही नगरपालिकाका नि:बर्तमान मेयर रोमनाथ ओली र नवनिर्वाचित उप-मेयर भट्टराई त्यसै नगरपालिकाकी नि:बर्तमान उप-मेयर गीता अधिकारी पौडेलसँग २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजीत हुनुभएको थियो ।
झापाका सबै नगरपालिकाको सकियो मतगणना
यही बैशाख ३० गते सम्पन्न निर्वाचनको दमक नगरपालिका सहित झापाका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार यस पटकको निर्वाचनमा झापाको कन्काई नगरपालिकाको मेयरमा नेकपा (एमाले)का राजेन्द्रकुमार पोखरेल र उप-मेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी विजयी हुनुभयो भने बुद्ध शान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई र उपाध्यक्षमा भवानीप्रसाद खतिवडा निर्वाचित हुनुभयो । त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकी र उप-मेयरमा पनि नेकपा (एमाले)कै मीनाकुमारी पोखरेल निर्वाचित हुनुभएको छ भने हल्दीबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन र लक्ष्मीदेवी मैनाली विजयी हुनुभयो । यस्तैगरी बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का देविन्द्रप्रसाद चम्लागाईँ र शान्ता देवी सिवाकोटी विजयी हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जयनारायण शाह र अञ्जुदेवी थपलिया तथा कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हुकुमसिंह राई र उपाध्यक्षमा नेकपा (एमाले)की प्रमिला न्यौपाने निर्वाचित हुनुभयो । यस्तै गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी फुलवती राजबंशी र उपाध्यक्षमा पुजन न्यौपाने (कुँवर) तथा कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कलेन्द्रप्रसाद सिंह राजबंशी र उपाध्यक्षमा नेकपा (एमाले)का नवराज भट्टराई विजयी हुनुभयो।
त्यसैगरी गौरादह नगरपालिकाको मेयर र उप-मेयरमा नेकपा (एमाले)का छत्रपति सुबेदी र जलवर्शा राजबंशी तथा बिर्तामोड नगरपालिकाको मेयर र उप-मेयरमा नेकपा (एमाले)का पबित्रादेबी महतरा र नगेन्द्रप्रसाद संग्रौला निर्वाचित हुनुभएको छ भने सिवसताक्षी नगरपालिकाको मेयर र उप-मेयरमा नेकपा (एमाले)का मेगाहाङ थ्रोप्रा र नरमाया कार्की तथा अर्जुनधारा नगरपालिकाको मेयर र उप-मेयर बलदेव गोम्देन तामाङ र खगेन्द्रकुमारी पराजुली विजयी हुनुभयो । यसैगरी भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गणेश पोखरेल र उप-मेयरमा राप्रपाका राधा कार्की विजयी हुनुभयो ।
(The Kathmandu post को सहयोगमा )