साताव्यापी कार्यक्रम गरी मनाइयो शुभकामना साकोसको २२ स्थापना दिवस

भक्तपुर/ आफ्नै भवनबाट सञ्चालन भइरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थाथपा दिवस साताव्यापी बिभिन्न रचानात्मक कार्यक्रम गरी मनाइएको छ । भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको सो संस्थाको २२औं स्थाथपना दिवसको अवसरमा यही जेठ १८ देखि २४ गतेसम्म बिभिन्न कार्यक्रम सञ्चालन भएका छन् । सो संस्था र शुभकार्य कृषि सहकारी संस्था लिमिटेड बीच एकीकरण पछि यही जेष्ठ १८ गते एकीकृत कारोवार शुभारम्भ तथा सहकारी सचेतना -याली सहित शुरु भएको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन जेठ १९ गते ऐतिहासिक टौमढी क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने तेश्रो दिन जेठ २० गते भक्तपुरको व्यासी टोलमा शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको प्रबिधिक सहयोग तथा सामूदायिक स्वास्थ्य केन्द्रको औषधि सहयोगमा मृगौला, मुटु तथा कलेजो सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । त्यस्तै चौथो दिन जेठ २१ गते त्यसै संस्थाका बाल बचतकर्ताहरुलाई अध्ययन अवलोकन भ्रमण र पाचौं दिन जेठ २२ गते ऐतिहासिक तथा धार्मिक क्षेत्र सूर्यबिनायक मन्दिर परिसरमा सरसफाई तथा सामाग्री हस्तान्तरण गरियो । यसैगरी छैठो दिन जेठ २३ गते उक्त संस्थाका ७० बर्ष माथिका जेष्ठ सदस्यहरुलाई धार्मिक तीर्थ भ्रमण गराई भोजन गराईयो । उक्त कार्यक्रमको सातौ दिन जेठ २४ गते ऋणी अन्तरक्रिया कार्यक्रम गरियो । उक्त संस्था अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता तथा सूर्यबिनायक नगरपालिकाकी उप-प्रमुख एवं राष्ट्रिय सहकारी बैंक लिमिटेडकी सञ्चालक सरिता भट्टराई तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको औपचारिक त्यस कार्यक्रममा सोही संस्थाका ५ जना उत्कृष्ण ऋणी सदस्यलाई सम्मान गरियो । उक्त कार्यक्रममा उपस्थित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र बिभिन्न उप समितिका पदाधिकारी तथा सदस्यहरु , संस्थापक सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरुका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैमा त्यसै संस्थाका अध्यक्ष कासुलाले धन्यवाद ज्ञापन गर्दै उक्त सप्ताहव्यापी कार्यक्रमको समापन गर्नुभयो । त्यस अवसरमा उहाँले सो संस्थाको गतिविधि लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।

२२औं स्थापना दिवस मनाएको सो संस्थाले आफूलाई भक्तपुरमा रहेका वित्तीय कारोवारको हिसावले ठूला सहकारी संस्थाहरुको सूचीमा उभ्याएको छ ।

सप्ताहव्यापी कार्यक्रमका केही झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *