सालिन प‍‍‍ोखरेलको मृत्युको अनुसन्धान जारी छ : प्रहरी, षडयन्त्रपूर्वक प्रमाण नष्ट गरियो : परिवार

यही फाल्गुगु १२ गते चितवनको रत्ननगर नगरपालिका-१०, टाढीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय सालिन पोखरेलको सोही स्कुलको ह‍ोष्टेलमा भएको मृत्युको विषयलाई लिएर सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा प्रकाशित विषयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चितवन प्रहरीले यो घटनाको बारेमा अनुसन्धान भइरहेकोले अनुसन्धानमा प्रभाव पार्ने गरी कुनै पनि विषयबस्तु सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

मृतक सालिन पोखरेल पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको बताइएको थियो तर मृतक सालिन पोखरेलको परिवारले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै सीआईबीले यो घटनाको छानविन गरि दोषीलाई दण्डित गर्नु पर्ने माग गरेको छ । दिवंगत सालिन प‍‍‍ो‍‍खरेलका पिताले छोरीको प्रहरीले नै यो घटनाको प्रमाण नष्ट गर्न भूमिका खेलेको बताएको सामाजिक सञ्जाल लगायतमा सार्वजनिक भएको छ ।

यता यो घटनाको राम्र‍सँग छानविन गरि द‍ोषीलाई कारबाही गर्नु पर्ने आवाज उठिरहेको छ । कतिपयले कतै यो घटनाको अनुसन्धान पनि कञ्चनपुरकी नाबालिका निर्मला पन्तको झैं हुने हो कि भन्ने आशंका गरेक‍ो देेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *