सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको नेतृत्वमा ३ सदस्यीय मन्त्रीपरिषद गठन

आज दिउसो विशेष समारोहका वीच प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको नेतृत्वमा ३ सदस्यीय सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद गठन भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा (एसका)का नरेश शाही आर्थिक मामिला मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीद्वय देउवा र शाहीले पनि आजै प्रदेश प्रमुख जोशीबाट मन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहसँगै मन्त्रीद्वय देउवा र शाहीले आ-आफ्नो जिम्माको मन्त्रालयको कार्यभार सम्हाल्नुभयो ।

गत पुस २७ गते नेपालको संविधान ,२०७२ को धारा १६८ को उफधारा २ अनुरुप नेकपा (एमाले)का सुदूर पश्चिम प्रदेश सभा दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा गठन भएको सुदूर पश्चिम प्रदेश सरकारले हिजो बसेको सुदूर पश्चिम प्रदेश सभाबाट विश्वासको मत लिन नसकेर १ महिनामै ढलेपछि सो प्रदेश सभाको ठूलो दलका प्रदेश सभा दलका नेता कमल शाहलाई नेपालको संविधान, २०७२ को उपधारा ३ अनुसार हिजो नै सोही प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री शाहले पनि ३० दिन भित्र सुदूर पश्चिम प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान छ । ३० दिनसम्ममा मुख्यमन्त्री शाहले सुदूर पश्चिम प्रदेश सभाबाट विश्वास मत प्राप्त गर्न सक्ने वातावरण बन्नेमा नेपाली कांग्रेसका नेताहरु विश्वस्त देखिएका छन् ।

।ं

Leave a Reply

Your email address will not be published. Required fields are marked *