सुन चाँदीका गरगहनामा लगाएको २ प्रतिशत अतिरिक्त करले कालिगढ पलायन हुन सक्ने

नेपाल हस्तकला महासंघले सुन चाँदीका गरगहनामा लगाएको २ प्रतिशत अतिरिक्त करले नेपालको मौलििक उद्योग व्यवसायको रुपमा रहेको सुन चाँदीका गरगहनाको आन्तरिक कारोबार कम हुन गई यस क्षेत्रका कालिगढ पलायन हुन सक्ने देखिएको जनाएक‍ो छ । उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै सो प्रतिक्रिया व्यक्त गरेको हो । नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट सकारात्मक रहेको धारणा बुँदागत रुपमा सार्वजनिक गरेको उक्त महासंघले उद्योगीहरुको प्रतिस्पर्धी क्षमता उकास्नको लागि नेपाल सरकारले प्रदान गर्दै आएको नगद प्रोत्साहन सम्बन्धमा बजेट मौन रहेको देखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *