स्थानीय तहको निर्वाचन नजिकिएसँगै माला र खादाको व्यापार मालामाल

काठमाडौं/ स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै माला र खादाको व्यापार बढेको देखिएको छ । निर्वाचनमा विभिन्न पदका अधिकांश उम्मेद्वारहरु माला र खादा लगाएर सार्वजनिक स्थलमा जान थालेपछि आफ्नो व्यापारमा केही बृद्धि भएको खादा र माला व्यापारीहरुले बताएका छन् । देशभरका पालिकाहरुमा विभिन्न पदमा स्वतन्त्र र राजनीतिक दलहरुका गरी ८२,२१० जनाले उम्मेद्वारी दिएका छन् भने ६ वटा महानगरपालिकाको मेयरमा मात्रै १४६ जनाको उम्मेद्वारी मनोनयन भएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply