स्पेन र जर्मनी बराबारीमा रोकिए , क्रोएसियासँग हारेको क्यानडा लिग चरणबाटै बाहिरियो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटवलको आईतबार सम्पन्न समुह ‘ ई’ को लिग चरणको खेलमा स्पेन र जर्मनीले बराबरी खेलेर अंक बाडेका छन् । कतारको अल बायेट रंगशालामा भएको खेलको ६२औं मिनेटमा स्पेनका अल्भारो मोराटाले जोर्डी अल्बाको पासमा जर्मनी विरुद्ध गोल गरे भने त्यसको २१ मिनेटपछि जर्मनीका निक्लास फुलक्रंगले स्पेन विरुद्ध गोल गरी खेल बराबरीमा पु-याएका थिए ।

लिग चरणको पहिलो खेलमा कोस्टारिकालाई स्पेनले ७-० गोल अन्तरले पराजीत गरी ३ अंक प्राप्त गरेको थियो तर जर्मनी भने जापानसँग लिगको चरणको पहिलो खेलमा २-० गोल अन्तरले पराजीत भएको थियो । आईतबार नै सम्पन्न भएको सोही समुहमा रहेका कोस्टारिका र जापान बीच भएको खेलमा भने कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले पराजीत गरी स्तब्ध बनाएको थियो ।

२ खेल खेल्दा १ जीत र १ बराबरी खेलेको स्पेन ४ अंक बटुलेर सो समुहको शीर्ष स्थानमा छ भने २ खेलमा १ हार र १ बराबरी खेलेको जर्मनी १ अंकका साथ त्यस समुहको पुछारमा । यस्तै २ खेलमा १/१ जीत हासिल गर्नुका साथै १/१ हार बेहोरेका समुह ‘एफ’ का जापान र कोष्टारिकाको ३/३ अंक छ ।

क्रोएसियाले क्यानाडालाई लगायो पाखा

आईतबार साझ सम्पन्न समुह ‘एफ’ रहेका क्रोएसिया र क्यानाडि बीचको लिग चरणको दोश्रो खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले पराजीत गरी पाखा लगाएको छ । कतारको कालिफा रंगशालामा भएको खेलको दोश्रो मिनेटमै क्यानाडाका अल्फोन्सो डाभिसले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्ता क्यानाडा पराजीत हुन पुगेको थियो । खेलको ३६औं मिनेटमा आन्द्रेज रामारिक , ४४औं मिनेटमा मार्को लाभाज , ७०औं मिनेट कर्मारिच र इञ्जुरी समयमा लोभरो मारेजले क्रोएसियाका लागि १/१ गोल गरेका थिए ।

यो खेलसँगै लिग चरणको पहिलो खेलमा मोरोक्कोसँगगोल रहित बराबरी खेलेको सन् २०१८ को २१औं संस्करणको फिफा विश्वकप फुटबलमा उप-बिजेता बनेको क्रोएसियाले क्यानाडालाई पराजीत गरेसँगै उसको ४ अंक पुगेको छ । यसैगरी पहिलो खेल गोल रहित बराबरी खेलेपनि दोश्रो खेलमा फिफा बरियतामा दोश्रो स्थानमा रहेको बेल्जिमलाई २-० गोल अन्तरले पराजीत गरेको मोरक्कोको पनि ४ अंक छ तर मोरोक्को गोल अन्तरको आधारमा भने क्रोएसिया भन्दा पछि छ । समुह ‘एफ’को लिग चरणको पहिलो खेलमा १-० गोल अन्तश्रले पराजीत भएको क्यानाडाको ० अंक छ भने २ खेलमा १ खेल जितेको बेल्जियमको ३ अंक छ । लिग चरणका दुई खेलमा पराजीत भएसँगै क्यानडाको नकाउट चरणको यात्रा टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *