१० वर्षपछि अन्तत: नेकपा (माके)मै फर्किए गंगानारायण श्रेष्ठ

१० वर्षपछि अन्तत: नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ नेकपा (माके)मा फर्किएका छन् । सोमबार नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका नेता गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा नेसपाका गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेका कमरेडहरु नेकपा (माके)मा समाहित हुने उल्लेख छ यसैगरी सो पत्रमा नेकपा (माके)मा समाहित भएका नेता गंगनरानारायण श्रेष्ठलाई नेकपा (माकेक‍ो केन्द्रीय समितिको सचिवको जिम्मेवारी दिने अरुलाई जिम्मेवारी प्रदान गर्ने उल्लेख छ ।

नेकपा (माके)मा रहदा नेता डा.बाबुराम भट्टराईसँग निकट रहेका गंगानारायण श्रेष्ठ २०७२ सालमा डा.बाबुराम भट्टराई नेतृत्वको समूहले नेकपा (माके) परित्याग गरि नयाँ शक्ति पार्टी बनाउदा त्यस को महत्वपूर्ण नेता थिए । विशेषगरी मधेश केन्द्रित दलहरुसँग एकीकरण र पछि विद्रोह गरि नेसपा निर्माण हुदा डा बाबुराम भट्टराईको निकट सहय‍ोगी थिए गंगानारायण । २०७९ सालमा भएको प्रदेश सभा निर्वाचनमा नेकपा (माके)को चुनाव चिन्हबाट सिन्धुली क्षेत्र नं.२ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ नेकपा (माके)मा नेता शालिकराम जम्मरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए । पछिल्ल‍‍ो समय नेसपा विभाजन हुँदा डा बाबुराम भट्टराईसँग छुटेर महेन्द्र राय यादव नेतृत्वको नेसपामा रहेका थिए उनी । अहिलेकै अवस्थामा यादव नेतृत्वको नेसपा नेकपा (माके) सँग एकता प्रम्रियामा जान नमानेपछि श्रेष्ठ आफू निकटका नता कार्यकर्ताको समूह बनाई नेकपा (माके)मा समाहित भएका जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *