काठमाडौं/ ६ कम्युनिष्ट पार्टी तथा २ मोर्चाले एसीसी (MCC) खारेजीको माग गर्दै आउदो पुस ६ गते काठमाडौं सहित देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी , नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको आज बसेको संयुक्त बैठकले आउदो पुस ६ गते दिनको १२ काठमाडौंको माइतीघरबाट विरोध -याली शुरु भई नयाँ बानेश्वरमा पुगेर विरोध सभा हुने बताइएको छ । यही पुस ६ गते दिनको १ बजे बस्ने संघीय संसदको बैठकमा एमसीसी सम्झौता टेवल गरी पारित गर्ने सम्भावना रहेकोले त्यसको विरोधमा सो विरोध कार्यक्रम आयोजना गरिएको नेताहरुले बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा आज सम्पन्न बैठकमा ६ कम्युनिष्ट पार्टी तथा २ मोर्चाका शीर्ष नेताहरु सहभागी हुनु भएको जनाइएको छ ।
