कालिकोटको तिलागुफा नगरपालिका वडा नं.४ को वडाध्यक्षमा नेेपाल मजदुर किसान पार्टीका उम्मेद्वार खड्गराज शाही १४३ मत प्राप्त विजयी भएका छन् । उनका निकतम् प्रतिस्पर्धीहरु नेकपा (माके)कि नैशोभा शाहीले ११५, नेकपा (एमाले)मा ऐनबहादुर शाहीले ७८ , नेपाली कांग्रेसका पैलबहादुर शाही ४९, राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बमले ५ मत प्राप्त गरेको जनाइएको छ । त्यहाँ ४ मत बदर भएका थिए । यस अघि २०७९ को निर्वाचनमा त्यहाँको वडाध्यक्ष पदमा नेकपा (माके)का दिवंगत परबहादुर शाहीले जितेका थिए ।
सो वडामा नेमकिपाका शाहीको विजयसँगै नेकपा (माके)ले आफूले जितेको वडाध्यक्ष गुमाएको छ ।





