ललितपुर/ आईतबार पनि राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सबै काउण्टर सञ्चालन गर्ने भएको छ । सो बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुको नगद कारोवार सुबिधाको लागि आफ्ना सम्पूर्ण शाखाका काउण्टर आईतबार विहान ११:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने उक्त बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।