बुटवल/ रुपन्देहीको देवदह नगरपालिका-११, शंकरपुरमा रहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७८ माघ २१ गते रक्तदान कार्यक्रम हुने भएको छ । सो संस्थाको आफ्नै कार्यालय भवनको प्राङ्गडमा बिहान ९ बजेदेखि उक्त रक्तदान कार्यक्रम सञ्चालन हुने भएकोले त्यस कार्यक्रममा सहभागिताको लागि उक्त संस्थाले अनुरोध गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गर्न लागेको त्यसै संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीको भनाई छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थाले स्थापना भएको छोटो समयमा नै उलेख्य प्रगति गरेको देखिएको छ ।