कर्मणा साकोसको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय र लेलेमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ भदौ ५ गते बुधबार सोही संंस्थाको आफ्नै कार्यालय भवन परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । दिनभरीको झरीका बाबजुद रक्तदाताहरुले उत्साहजनक ढंगबाट रक्तदान गरेको जनाइएको छ । सो संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा विहान ११:३० बजेदेखि अपरान्ह २:३० बजेसम्म उक्त रक्तदान कार्यक्रम भएको थियो ।

सोही संस्थाका अध्यक्ष सहदेव बञ्जारा , नि:बर्तमान अध्यक्ष कृष्णबहादुर महतले धन्यबाद सहित रकतदाताहरुुलाई प्रमाणपत्र प्रदान गर्नुभयो भने प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा परिवालाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा आयोजक कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु , कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । अस्पतालहरुमा उपचाररत बिरामीहरुको उपचारमा सहयोग पुगोस् भनेर बिगतका वर्षहरुमा झै यो वर्ष पनि हाम्रो यस संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको त्यसै संस्थाका व्यवस्थापक रमेश घिमिरेले अलगपथलाई बताउनुभयो ।

उक्त संस्थाको २४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सो संस्थाका अध्यक्ष बञ्जाराले ‘स्थापना भएदेखियता सहकारी सिद्धान्त र शेयर सदस्यहरुको मर्म र भावना अनुरुप समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्थालाई सफलतापूर्वक यहाँसम्म ल्याइपु-याउन अटुट साथ सहयोग गर्नु हुने सबैमा आभार व्यक्त गर्दछु’, भन्नुभयो ।

Leave a Reply