काठमाडौं/ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही चैत्र १० र ११ गते काठमाडौंको सामाखुसीमा दुई दिवसीय आयकर र ई-फाइलिङ तालिम सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारीमा सम्पन्न सो तालिमको सहजीकरण एफसीए राजकुमार फुयाँलले गर्नु भएको कास्कूनले जनाएको छ । उक्त तालिम समापन कार्यक्रमको अध्यक्षता गर्दै कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाईले सहकारी संस्थाहरुले सञ्जालसँग सहकार्य गरी वित्तीय कारोवारलाई प्राथमिकता दिनु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी अभियानलाई व्यवस्थित र मर्यादित बनाउन सञ्जालमा आवद्ध हुने, सदस्य मैत्री सेवा प्रवाह गर्ने र समय अनुसार सेवालाई थप गुणस्तरीय र सुलभ बनाउदै लानु पर्नेमा जोड दिदै सहभागीहरुले यस तालिमबाट सिकेको ज्ञान र सीपलाई आ-आफ्नो संस्थामा गएर कार्यान्वयन गर्न आग्रह गर्नुभयो । त्यसै कार्यक्रममा कास्कूनका सञ्चालक तारानाथ सापकोटाले सदस्य संस्थाले आवश्यक ठानेका विसयमा कास्कूनले उसलाई शिक्षा/ तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कास्कूनको आयोजनामा आयकर र ई-फाइलिङ तालिम सम्पन्न
कास्कूनका तालिम अधिकृत लव सिम्खडाले सञ्चालन गर्नु त्यस समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई कास्कूनका कोषाध्यक्ष सेढाई , सञ्चालक सापकोटा र तालिम सहजकर्ता फुँयालले संयुक्त रुपमा प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा सीए सुदीप घिमिरे र सेवाकेन्द्र प्रमुख दिनेश रोक्काको आतिथ्यता रहेको थियो । तालिममा १७ वटा साकोसका १९ जनाको सहभागिता रहेको कास्कूनको भनाई छ ।