कोअपरेटिभ म्यानेजर्स क्लव, काठमाडौंको अध्यक्षमा मोहनलाल डाँगी पुन: चयन

काठमाडौं/ कोअपरेटिभ म्यानेजर्स क्लब, काठमाडौको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भयो । सो साधारण सभाले पुन: परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक मोहनलाल डाँगीको अध्यक्षतामा कोअपरेटिभ म्यानेजर्स क्लव, काठमाडौं निर्माण गरेको छ । उक्त क्लवको उपाध्यक्षमा हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सम्पूर्ण महर्जन, महासचिवमा तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.की व्यवस्थापक अञ्जना अधिकारी र कोषाध्यक्षमा श्री सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक एन्थोनी अमात्य तथा सदस्यमा थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक विपना महर्जन , खुसीखुसी बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक कविता महर्जन , बलम्बु च्याउ सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानदास महर्जन , गुर्जुधारा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक धर्मेन्द्र महर्जन , होष्टे हैंसे बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक सरला दुलाल , युगवाणी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक किशोर सिलवाल , देवदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक प्रविण सिलवाल, हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक नारायण बखती, बाघबछाला बहुउद्देश्यीय सहकारी संस्था लि.की व्यवस्थापक विमला पोखरेल र तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक विमला पुडासैनी चयन हुनुभएको छ । त्यसैगरी त्यस साधारण सभाले बलम्बु च्याउ सहकारी संस्था लि.का पूर्व व्यवस्थापक अमरदीप सिंह महर्जन , चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र आयाम बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक लेमन श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।

सोही क्वलका अध्यक्ष मोहनलाल डाँगीको अध्यक्षतामा सम्पन्न्न उक्त साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले उद्घाटन गर्नुभयो । त्यस अवसरमा सो साधारण सभाको सफलताको शुभकामना कामना व्यक्त गर्दै उहाँले कोअपरेटिभ म्यानेजर्स क्लब, काठमाडौंले काठमाडौं जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुका व्यवस्थापकको मर्म र भावनालाई आत्मसाथ गरी अगाडि बढ्न सकोस भनी कामना गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा क्रियाशील व्यवस्थापक र कर्मचारीले यसै क्षेत्रमा आफ्नो भविष्य खोजी गरी सहकारीमा आफ्नो पेशालाई मर्यादित र व्यवसायिक बनाउनु पर्ने खाँचो औंल्याउनुभयो । सो साधारण सभामा त्यस क्लवको गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गर्दै सोही क्लवका अध्यक्ष डाँगीले प्रस्तुत गर्नुभयो भने त्यस्तै क्लवका उपाध्यक्ष लैमन श्रेष्ठले क्लवको औचित्य र उद्देश्य , महासचिव अमरदीप सिंह महर्जनले यस क्लवको आवश्यकता र कार्यक्रम , कोषाध्यक्ष अञ्जना अधिकारीले क्लवको आर्थिक प्रतिवेदन र सदस्य कृष्णकुमार श्रेष्ठले क्लवको अवधारणा प्रस्तुत गर्नुभयो ।

उक्त साधारण सभाबाट सो क्लवका आगामी आर्थिक वर्ष काठमाडौं जिल्लाका ११ वटै पालिकामा सञ्चालनमा रहेका सहकारी संस्थाहरुका व्यवस्थापकलाई सदस्यता प्रदान गर्ने, सहकारीमा कार्यरत कर्मचारीको कार्यकुशलता अभिबृद्धिको लागि एच.आर. डबली, तालिम सञ्चालन गर्ने र कार्यशाला गोष्ठीहरु आयोजना गर्ने लगायतका योजना तथा कार्यक्रम पारित भएको बताइएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा रहेका १५ वटा सहकारी संस्थाका कार्यकारी प्रमुख/व्यवस्थापकको पहलमा सहकारीका व्यवस्थापनको कार्य सम्पादन , क्षमता र योगदानको स्तरलाई अभिबृद्धि गर्ने , सहकारी अभियानमा नवीनतम् विषयहरुको अवलम्बन र प्रवर्द्धन तथा सहकारी संस्थाहरुका अभ्यासहरुमा एकरुपता कायम गर्ने र सहकारीमा सुशासनको अवस्थालाई मजबुत बनाउन भूमिका खेल्ने उद्देश्यले २०७६ जेठ ६ गते काठमाडौंका सहकारी संस्थाहरुमा व्यवस्थापकको साझा फोरमको रुपमा कार्य गर्ने गरी यो क्लव स्थापना भएको थियो भने यसको २०७८ माघ ४ गते विधिवत रुपमा राज्यको सम्बन्धित निकायमा दर्ता भएको थियो ।

Leave a Reply