गैंडाकोट/ बर्दघाट-सुस्तापूर्वको नवलपरासीको गैंडाकोटमा रहेको गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७७/०७८ मा गरेको वित्तीय कारोवारको आधारमा योग्यता पुगेका आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरेको जनाएको छ । एक्सेस ब्राण्डको सो संस्थाले जारी गरेको सूचनामा सो रकम सम्बन्धित शेयर सदस्यको खातामा पठाएको उल्लेख छ ।