बुटवल/ तयारी बिना नै जग्गाको बर्गिकरण गर्ने भन्दै सरकारले जग्गाको दृष्टिबन्धक रोकेकोले त्यसबाट सहकारी क्षेत्रलाई समस्या परेको भन्दै लुम्बिनीको सहकारी अभियानले जग्गाको दृष्टिबन्धक रोक्ने निर्णय खारेज गर्न र तयारी गरेर मात्रै जग्गाको बर्गीकरण गर्न सरकारसँग माग गरेका छ । बुधबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,रुपदेहीका अध्यक्ष भीमप्रसाद तुलाचन , लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णप्रसाद नेपाल , लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष नरबहादुर घर्तीमगर , जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.,रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेय र लुम्बिनी विशिष्टिकृत सहकारी संघ लि.,का अध्यक्ष डा.खगराज शर्माले संयुक्त रुपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नु भएको हो । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यमा सहकारीलाई सहुलियत प्रदान गर्नुको सट्टा उल्टै ५० प्रतिशत आयकर बृद्धि गरेको भन्दै त्यसप्रति उहाँहरुले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।