जनता साकोसको जनता सदस्यमैत्री भवन निर्माण कार्य जारी

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.को जनता सदस्यमैत्री भवन निर्माण कार्य जारी छ । चित्रपुरमा साँढे ७ आना जग्गामा शेयर सदस्यहरुबाट संकलित र संस्थाको जग्गा तथा भवन निर्माण कोषको अनुमानित रु.३ करोड रकम लागतबाट निर्माणाधीन साँढे तीन तले भवनको निर्माण कार्य अन्तिम चरणतिर पुगेको र आउने मंसिरसम्ममा त्यहाँबाट संस्थाको कार्यालय सञ्चालन हुने योजनाका साथ कार्य भइरहेको सोही संस्थाका व्यवस्थापक रेशमान राजथलाले

अलगपथलाई बताउनुभयो ‌। स्थानीय समुदायमा आधारित उक्त संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेको सो संस्थाका सूचकहरुबाट देखिएको छ । त्यस संस्थामा शेयर सदस्य संख्या ३,०८८ , शेयर पूँजी रु.३ करोड , निक्षेप संकलन रु.२० करोड ६० लाख , ‌‌‌ऋण लगानी रु.२२ करोड ४० लाख जगेडा तथा अन्य कोष रु.२ करोड ४२ लाख र कूल कारोवार रु.२७ करोड रहेको त्यसै संस्थाका व्यवस्थापक राजधलाको भनाई छ । सहकारी अभियानकर्मी राजेशकुमार राजथलाको अध्यक्षतामा उक्त संस्थाको सञ्चालक समिति कार्यरत छ । भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा कार्यक्षेत्र रहेको सो संस्थाले निक्षेपमा ६ प्रतिशतदेखि १३.५ प्रतिशतसम्म व्याज प्रदान गर्दै आएको छ भने उसले नारी समूह कर्जा १४ प्रतिशत , जग्गा धितो कर्जा १५.५ प्रतिशत र धनीमानी कर्जा १३ प्रतिशत व्याजदरमा प्रवाह गरेको जनाइएको छ ।

जनता स्टोरद्वारा सामान खरीदकर्तालाई १० प्रतिशत लाभांश प्रदान

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ , चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.का ३१ जना सञ्चालकद्वारा २०७६ सालबाट चित्रपुरमा सञ्चालन भइरहेको जनता स्टोरले सामान खरीद कर्ताहरुलाई आफूले आर्जन गरेको मुनाफाबाट आर्थिक वर्ष २०७७/०७८ मा १० प्रतिशत लाभांश प्रदान गरेको जनाएको छ । सुपथ मुल्यमा ग्राहकलाई सामान विक्री गरिरहेको उक्त स्टोरले सामान खरीदकर्ताहरुलाई प्रोत्साहनको लागि नाफाबाट छुट्याएको लाभांश कोषबाट सो रकम प्रदान गरिएको बताइएको छ ।

Leave a Reply