जिल्ला सहकारी संघ लि.ललितपुरको ३०औं वार्षिक साधारण सभा यही चैत २० गते हुने

ललितपुर/ जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको ३०औं वार्षिक साधारण सभा यही चैत २० गते आइतबार विहान ८ बजेदेखि डिलाइट पार्टी प्यालेस, महालक्ष्मीस्थान, ललितपुरमा हुने भएको छ । नयाँ नेतृत्व चयन समेत हुने त्यस साधारण सभाबाट सञ्चालक समितिको १ अध्यक्ष, १ उपाध्यक्ष, १ महिला उपाध्यक्ष , १ सचिव , १ कोषाध्यक्ष र ११ सदस्य तथा लेखा सुपरीवेक्षण समितिको १ संयोजक र २ सदस्य चयन हुने सो संघले जनाएको छ । उक्त संघका अध्यक्ष माधव दुलाल पुन: अध्यक्ष पदको उम्मेद्वार नबन्ने हुनु भएको छ । जसका कारण त्यस संघले लामो समयपछि नयाँ अध्यक्ष पाउने भएको छ ।

यसैगरी उक्त संघले आफ्नो नवनिर्मित भवनमा यो साधारण सभा सम्पन्न भएपछि सहकारी कृषि बजार सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *