ललितपुर/ जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको ३०औं वार्षिक साधारण सभा यही चैत्र २० गते हुदैछ । सो साधारण सभाबाट उक्त संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्यको चयन हुने छन् । सञ्चालक समितिको अध्यक्ष पदमा केदार गोर्खाली, राजेन्द्र पौडेल र विनोद डंगोलले उम्मेद्वारी दिनु भएको उक्त निर्वाचन समितिमा रहनु भएका बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले जानकारी दिनु भएको छ ।
जिल्ला सहकारी संघ लि.,ललितपुरको अध्यक्ष पदका उम्मेद्वारद्वय गोर्खाली र पौडेलको नेतृत्वमा दुई भिन्नाभिन्नै प्यानल चुनावी मैदानमा खडा भएका छन् ।