थाम्सुहाङ्गद्वारा राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकको जिम्मेवारी थापालाई हस्तान्तरण

देशभरीका सहकारी संघ संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी निबर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सोही महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापालाई बुधबार स्वर्णिम कार्यकालको कामना सहित बधाई ज्ञापन गर्दै पदभार हस्तान्तारण गर्नुभयो । त्यससँगै थापाले बुधबारबाट उक्त महाप्रबन्धकको पदभार सम्हाल्नुभयो ।

वि.सं. २०५३ साल बैशाखबाट तत्कालीन राष्ट्रिय सहकारी संघमा कर्मचारी भएर प्रवेश गरेकी थाम्सुहाङ्गले वि.सं. २०७६ असार १९ गतेबाट शुरुमा कामु महाप्रकन्धक र पछि महाप्रकन्धक भएर कार्य गर्दै आउनुभएको थियो । उहाँले सहकारीको बारेमा गहिरो अध्ययन गर्नु्भएको छ । उहाँका सहकारी सम्बन्धी लेख रचना र पुस्तक प्रकाशित छन् । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको व्यवस्थापन टिममा रहेर कार्य गर्दै गर्दा उहाँकै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगरपालिका -३२, सेतीओपीमार्ग , क‍‍ोटेश्वरमा सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको थियो । उहाँले १४ वर्ष नेतृत्व गरेको यो संस्था केही वर्षयता आफ्नै भवनबाट सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *