दूधको मूल्य नबढाए केन्द्रीय दुग्ध सहकारी संघ लि.ले आन्दोलन गर्ने

काठमाडौं/ केन्द्रीय दुग्ध सहकारी संघ लि.ले तत्काल दूधको मूल्य बढ्ने अवस्था सृजना नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । सोही संघका महासचिव रामप्रसाद आचार्यले आज जारी गर्नु भएको विज्ञप्तिमा बिगत ३ वर्षदेखि दूधको मूल्य नबढेको तर बजारभाउ धेरै बढ्दा कृषकलाई गाईभैंसीलाई दाना खुवाउन समस्या भएकोले प्रति ली. दूधको मुल्य रु.१० का दरले बृद्धि हुनु पर्ने उल्लेख छ ।

यता उपभोक्ताहरुले भने सरकारले गाईभैंसी पालन गर्ने कृषकहरुलाई अनुदान दिएर दूधको मूल्य नबढ्ने अवस्था निर्माण गर्नु पर्ने बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *