नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६ औ बार्षिक साधारण सभा सम्पन्न


काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२, कपनमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६औँ बार्षिक साधारण सभा २०८० अस‍ोज ६ गते शनिबार ए वान पार्टी प्यालेस, ,चाबहिलमा सोही संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यातामा समपन्न भयो । उक्त संस्थाका अधिकांश शेयर सदस्यहरु सहभागी भएको सो साधारण सभाको प्रमुख अतिथि तामाङले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँँले सहकारीका सदस्यहरु क्रियाशील भई सहकारीका विविध गातिबिधिमा सहभागी हुदा मात्र सहकारी सहज रुपमा सञ्चालन हुन सक्ने भएकोले सहकारीको नियमित बचतलाई निरन्तरता दिई सदस्यहरुले आफ्नो कुनै पनि दायित्व समयमा पूरा गर्नु पर्ने लगायतका सुझाव दिनुभयो । उहाँले सो संस्थाको समग्र अवस्थाप्रति सन्तोष ब्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।

त्यसै संस्थाका उपाध्यक्ष बिष्णु भट्टराईले स्वागत मन्तब्य व्यक्त गरी सहभागीहरु ,अतिथि ,प्रमुख अतिथि लगायतलाई स्वागत गर्नु भएको उक्त साधारण सभामा स‍ोही संस्थाका अध्यक्ष आचार्यले संस्थाको आर्थिक वर्ष २०७९/०८० बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७९/०८० भित्र भएका संस्थाको गतिविधि लगायतका विविध पक्ष माथि प्रकाश पार्दै उहाँले ‘सहकारी सिद्धान्त, मूल्य, मान्यता तथा राज्यका नियामक निकायका निर्देशन र सुझावलाई पालना गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्था शेयर सदस्य ज्यूहरुको साथ, सहयोग र विश्वास एवे कर्मचारीहरुको लगनशीलता र मेहनतले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेक‍ो छ’, भन्नुभयो । त्यस अवसरमा उहाँले संस्थाको पूँजी बृध्दि लयायत भावी योजना समेत प्रस्तुत गर्नुभयो।

साधारणसभामा त्यस संस्थाका कोषाध्यक्ष नवीन आचार्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विश्वराज धितालले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को करिव रु.१६ करोड ३ लाख बित्तीय अवस्था , आयव्यय हिसाव र केही महत्वपुर्ण प्रस्ताव सहितको प्रतिवेदन अनुमोदन गरेको थियो । सो संस्थाका कार्यकारी प्रमुख शंकर आचार्यले साधारण सभा सञ्चालन गर्दै संस्थाको विभिन्न पक्षहरुका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

साधारणसभामा लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष छविरमण आचार्य , उमङ्ग बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुनित चालिसे , ज्ञानप्रकाश एकेडेमीका अध्यक्ष खेमप्रसाद मिश्र ,समाजसेवी तथा राजनैतिक व्यक्तिव शिवहरि सापकोटा र राजु नेपाल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त साधारण सभामा गायक तथा कलाकार सूर्यमणि आचार्यले सहकारी तथा अन्य विविध बिषयसँग सम्बन्धित गीत प्रस्तुत गरी सहभागीहरुमा मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

त्यस संस्थाले गत असार २४ गतेदेखि आफ्नै भवनबाट आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *