सर्वसम्म्त रुपमा ज्ञानी बाबु महर्जनको अध्यक्षतामा सञ्चालक समिति र जीवन महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा २०८१ पुष २७ गते शनिबार श्री पाटन उ.मा.वि. पाटनढोकामा सम्पन्न भयो ।

४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा नवीना महर्जन, सचिवमा सविना महर्जन, सह-सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा विमला महर्जन र सदस्यमा शोभा महर्जन, अञ्जु महर्जन , रवि शाक्य र रत्न मैयाँ महर्जन तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा रविन्द्र बाराही र रीता महर्जन चयन हुनुभएको छ ।

सोही संस्थाका अध्यक्ष अशोक महर्जनले अध्यक्षता र सह-सचिव सविना महर्जनले सञ्चालन गरेको उक्त साधारण सभाको त्यसै संस्थाका जेष्ठ शेयर सदस्य आजु भैला महर्जनले दीप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।
त्यस अवसरमा सो संस्थाका सल्लाहकारद्वय आपुलाल महर्जन र ज्ञानी बाबू महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष अशोक महर्जनले ‘शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताले समुदायमा आधारि रहेर सहकारी सिद्धान्त, मूल्य, मान्यता , ऐन ,नियम तथा नियामक निकायको निर्देशन र सुझावलाई पालना गरि सञ्चालन भइरहेको यो संस्था प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो । आफ्ना शेयर सदस्यहरुलाई प्रविधिमैत्री ढंगबाट सहज रुपमा सेवा प्रवाहका लागि यस संस्थाले नव युवा एटीएम (ATM) कार्ड र नव युवा स्मार्ट एप (NAWA YUWA SMART APP सञ्चालनमा ल्याएको उहाँको भनाई थियो ।
साधारण सभामा सोही संस्थाका सचिव शान्त महर्जनले संस्थाको आ.व.२०८०/०८१ को प्रगति प्रतिवेदन तथा आ.व.२०७१/०८२ को भावी योजना , नीति तथा कार्यक्रम , कोषाध्यक्ष नारायण महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक नवीना महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरियो । ती प्रतिवेदनमा आ.व.२०८०/०८१ मा उक्त संस्थामा महिला १,२८४ र पुरुष ९४२ गरि जम्मा शेयर सदस्य २,२२६, शेयर पूँजी रु.३,१३,७२,१०० ,निक्षेप संकलन रु.२८,६७,२७,५६८ र कर्जा प्रवाह रु.२२,२६,८३,७८९ रहेको उल्लेख छ ।



साधारण सभामा सो संस्थाका जेष्ठ शेयर सदस्यद्वय श्रीमाया महर्जन र बेखालाल महर्जनलाई सम्मान गरियो । यसैगरी उक्त संस्थाका शेयर सदस्यहरु सन्दीपकुमार शाक्य, अष्टमाया महर्जन र सीता महर्जनलाई उत्कृष्ठ बचतकर्ता सदस्य सम्मान, शेयर सदस्यहरु उपेन्द्र महर्जन, सीता महर्जन र तीर्थ डंगोललाई उत्कृष्ठ ऋणी सदस्य सम्मान, शेयर सदस्य सीता महर्जनलाई उत्कृष्ट वर्ष सदस्य सम्मान र कर्मचारी विकास महर्जन डंगोललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरियो ।
साधारण सभामा धिमे नाच सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो

भने धिमे नाच सहित सांस्कृतिक कार्यक्रममा सहभागी कलाकारहरुलाई मायाको चिनो प्रदान गरियो ।