राष्ट्रिय सहकारी महासंघद्वारा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका नवनिर्वाचित पदाधिकारी र सदस्य सम्मानित

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान ग-यो । यही असार २३ गते ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न कार्यक्रमका बीच सोही महासंघका अध्यक्ष मिनराज कँडेलले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.को सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै खादा ओडाएर सम्मान गर्नुभयो।

यस अघि यही असार २१ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेडका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना गर्नुभयो ।

यसैगरी ललितपुर महानगरपालिका-११,कोन्तेमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडले शुक्रबार आफ्नै भवनमा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेडका नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान ग-यो ।

त्यस अवसरमा सोही संस्थाका अध्यक्ष तथा यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष समेत रहनु भएका नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जन सहित सो संघका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना गरिएको थियो ।

यस्तै ललितपुरको न्याढोल त:तनीटोलमा रहेकोत:ननी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना कानुनी सल्लाहकार समेत रहनु भएका नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.लेखा सुपरीवेक्षण समितिका संयोजक अधिवक्ता लक्ष्मण महर्जनलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

यही असार १९ गते आईतबार सम्पन्न नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.को १८औं वार्षिक साधारण सभाबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका नि:बर्तमान अध्यक्ष टेकप्रसाद चौलागाइको अध्यक्षतामा नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेडको सञ्चालक समिति चयन भयो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा शिवगोपाल थापा , सचिवमा अर्चना अमात्य , कोषाध्यक्षमा रामचन्द्र अर्याल र सदस्यमा दीपक घिमिरे , नारायण रिमाल , चन्द्रबहादुर ठकुरी , रेखा अर्याल , चन्द्रकुमारी पराजुली , तेजनारायण र गोविन्द रिमाल हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा अधिवक्ता लक्ष्मण महर्जन तथा सदस्यमा सूर्यप्रसाद शर्मा र युमल कँडेल चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *