ललितपुर/ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिना राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको विशेषज्ञ पदमा नियुक्त हुनु भएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट उहाँलाई सो पदमा नियुक्त गरेको बताइएको छ । ललितपुरको थसिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष समेत रहनु भएका तिमिल्सिना जिल्ला सहकारी संघ लि., ललितपुरका पूर्व अध्यक्ष हूनुहुन्छ ।
यस अघि नेफस्कूनका सञ्चालक सन्दीप सापकोटालाई उक्त बोर्डको सदस्य नियुक्त गरिएको थियो ।