नेफ्स्कूनको ३०औं वार्षिक साधारण सभा २०७८ मंसीर ३ गते हुने

काठमाडौं/ देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३०औं वार्षिक साधारण सभा २०७८ मंसीर ३० गते हुदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठनमा विहान ८:०० बजेबाट शुरु हुने सो साधारण सभाको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको नेफ्स्कूनले जनाएको छ । नेफ्स्कूनमा आवद्ध सदस्य संघ/संस्थाहरुलाई उक्त साधारण सभामा सहभागी हुन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अनुरोध गर्नु भएको छ ।

नेफ्स्कूनद्वारा आफ्ना पूव सीईओ शिवजी सापकोटालाई विद्यावारिधि गरेकोमा बधाई ज्ञापन

नेफ्स्कूनले आफ्ना पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई अमेरिकी विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएकोमा बधाई सहित शुभकामना व्यक्त गरेको छ । सहकारी अभियान्ता सापकोटाले ‘ बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव स्रोत व्यवस्थापनमा तुलनात्मक अध्ययन‘ विषयमा सोधपत्र सहित अमेरिकी विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको छ ।

Leave a Reply