पब्लिक को-अपरेटिभ लि.को रजत वर्ष आरम्भमा साइकल -याली

ललितपुर / ललितपुरको जावलाखेल- धोबिघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.स्थापना भएको २५औं वर्षमा प्रवेश गरेको छ । सो संस्था स्थापना भएको रजत बर्ष आरम्भ भएको सु-अवसरमा २०७८ कार्तिक २७ गते साइकल -याली सम्पन्न भयो । उक्त साइकल -यालीको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले उद्घाटन गर्नु भयो । सो अवसरमा मन्त्री भुषालले स्थापना भएको २५औं वर्षमा प्रवेश गर्न सफल भएकोमा पब्लिक को-अपरेटिभ लि. लाई बधाई ज्ञापन ज्ञापन गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उहाँले उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयले विद्युतीय उर्जाको विकासको लागि कार्य गरिरहेको र महिनामा २० युनिटसम्म विद्युत खपत गर्ने नागरिकलाई विद्युत महशुल नि:शुल्क गरी आर्थिक विपन्न नागरिकहरुलाई राहत प्रदान गरेको बताउनुभयो । उक्त अवसरमा पब्लिक को-अपरेटिभ लि.का अध्यक्ष महेशमान शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै पब्लिक को-अपरेटिभ लि.को समग्र अवस्था र यसले सञ्चालन गरिरहेको कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै यो संस्था स्थापना भएदेखि रजत वर्ष प्रवेश गर्ने अवस्थामा आइपुग्दासम्म यसलाई साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । सोही संस्थाकी सञ्चालक लजना श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछो , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधव तिमिल्सिना, यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन लगायतको उपस्थिति रहेको थियो ।

१८ जना महिला सहित १२० को सहभागिता रहेको साइकल -याली ललितपुरको पाटन हुदै काठमाडौंको फर्पिङमा पुगेर समापन भएको थियो । आफ्नो रजत बर्षभरी बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको उक्त संस्थाका सचिव दिनेश ताम्राकारले बताउनु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा कार्यक्षेत्र रहेको सो संस्थामा २ हजार ६ सय ८० जना शेयर सदस्य र रु.४५ करोड कारोवार रहेको उहाँको भनाई छ । सो संस्था स्थापना भएको २०७८ मंसीर ३ गतेदेखि २४ वर्ष पूरा भई २५औं वर्षमा प्रवेश गर्दैछ ।

Leave a Reply