पवित्र लुम्बिनी साक‍ोसको शेयर सदस्यहरुमा अनुरोध

सम्पूर्ण सहकारीकर्मी सदस्य ज्यूहरुमा नमस्कार ।

पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको २०८० श्रावण ५ गतेको २५७ औँ बैठकको निर्णय अनुसार बचत तथा कर्जा र शेयरपूँजीतर्फ केही परिवर्तित निर्णयहरू भएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध छ।

१. बचततर्फ : मुद्दती बचतमा – एक बर्षे @१३% र छ महिने @१२% ब्याजदर कायम गरिने छ।

२. पवित्र सुनौलो बचत अन्तर्गत नयाँं खाताहरु नखोल्ने र चालु रहेको खाता समयावधि पूरा नहुँदासम्म मात्र निरन्तरता दिइनेछ।

३. कर्जातर्फ समयावधि बाँकी रहेको तर किस्ता बिलम्ब भएको अहिलेसम्मको ब्याज बुझाएको कर्जा यही श्रावण १५ गतेभित्र एक प्रतिशत (१%) सेवा शुल्क बुझाएर पुनः तालिकिकरण (नवीकरण) गर्न सकिनेछ। साथै नवीकरण या नयाँ कर्जा प्रवाहमा बढीमा ६ महिनासम्मको समयावधिका लागि प्रवाह गर्दा पनि १% मात्र सेवा शुल्क लिइने भएको छ।

४. शेयर कर्जाको हकमा बिलम्ब किस्ता यही श्रावण १० गतेभित्रै दुई किस्ता माथिको बिलम्ब रकम सबै क्लियर गर्नु पर्ने छ । यदी तत्काल किस्ता बुझाउन समस्या भएमा सदस्यहरुको सहजतालाई मध्यनजर गर्दै अहिलेको चुक्तापूँजीलाई आधार मानेर शेयर रकम कायम गर्न पनि सकिनेछ।

थप छलफलको लागि दैनिक बिहान ११:३० देखि दिउँसाे ३:३० बजेभित्र कार्यालयमा उपस्थित हुनुहोला । कार्यालयमा सम्पर्क र समन्वयको लागि सम्पर्क नम्बरहरु : 015354789 / 014167509. आपसि समन्वय र सहकार्यको लागि धन्यबाद। जय सहकारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *