पाठकहरु माझ प्रिय बन्दै ‘सहकारीमा २५ वर्ष भोगाइ र अनुभूति’ पुस्तक

काठमाडौं/ राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘ सहकारीमा २५ वर्ष भोगाई र अनुभूति पुस्तक पाठक माझ प्रिय बन्दै गएको देखिएको छ ‌‌। सबैका लागि पठनीय यो पुस्तक सहकारी अभियानमा जोडिएका व्यक्तिहरुका लागि झनै उपयोगी हुने यो पुस्तक अध्ययन गरेका पाठकहरु बताउछन् । २०७८ पुस २७ गते प्रकाशन भएको यो पुस्तकको प्रथम संस्करण अन्तर्गत २,००० प्रति छापिएर बजारमा आएको थियो । अढाई महिना भित्रमा नै यसको धेरैजसो प्रति विक्री भई सकेको र अहिले बजारमा यसको अति थोरै प्रति मात्रै बाँकी रहेको विक्रेताहरुको भनाई छ ।

रु.३५० मुल्य रहेको यस पुस्तकमा पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडालको ‘ पढ्नैपर्ने संग्रहणीय पुस्तक‘ शीर्षकमा यस पुस्तकको बारेमा समीक्षात्मक आलेख समावेश छ । कुमाङ्ग सुब्बाले प्रकाशन गर्नु भएको यो पुस्तक १५४ पृष्ठको छ ।

२५ वर्ष अगाडि नेपालको सहकारी अभियानमा जोडिनु भएकी यस पुस्तककी लेखक सुब्बाकै नेतृत्वमा काठमाडौंको कोटेश्वर, सेतीओपी मार्गमा बिगत केही वर्षदेखि आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.१४ वर्ष अगाडि स्थापना भएको थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत शेयर सदस्य रहेको उक्त संस्थाको गत असोजसम्म अध्यक्ष रहनु भएको थियो । सहकारी अभियानको व्यवस्थापकीय भूमिकामा रहेर लामो समयदेखि काम गर्दै आउनु भएकी उहाँ बिगत केही वर्षदेखि राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको महाप्रबन्धकको जिम्मेवारीमा हुनुहुन्छ ।

…………………………………………………………………….

Leave a Reply