पोखरेल नेफ्स्कूनको सीईओ नियुक्त

काठमाडौं/ सहकारी अभियानमा कार्यरत प्रकाशप्रसाद पोखरेल नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएको छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएसँगै पोखरेल नेफ्स्कूनको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको छ ।

यता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि शर्माको प्रमुख आतिथ्यतामा नेफ्स्कूनले यही मंसीर ३ गते आफ्नो ३०औं वार्षिक साधारण सभा सम्पन्न ग-यो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेफस्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल, सहकारी विभागका रजिष्टार झलकराम अधिकारी , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष कृष्णबहादुर उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा बक्ताहरुले सहकारीको विकास र प्रवर्द्धनमा बाधक सहकारी ऐन,२०७४ र सहकारी नियमावली ,२०७५ का प्रावधान तथा अरु ऐन/ नियमहरु संशोधन हुनु पर्ने , छुट्टै साकोस ऐन निर्माण निर्माण हुनु पर्ने , सहकारी ऐन,२०७४ मा व्यवस्था भएका सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण र कालो सूचीको प्रावधान जतिसक्तो छिटो कार्यान्वयन हुनु पर्ने लगायतका विषयको आवश्यकता रहेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *