फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरको गोदाबरी नगरपालिका-१२, ठेचोमा आफ्नै भवनबाट सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजना तथा बी एण्ड बी हस्पिटल ग्वार्को, ललितपुरको प्राविधिक सहयोगमा २०८१ जेष्ठ २६ गते शनिबार पाचौं खुल्ला नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । ठेचोस्थित श्री सरस्वती मा.वि.को प्राङ्गणमा विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पन्न सो स्वास्थ्य शिविरमा रक्तचाप (Blood pressure), मधुमेह (suger), हाडज‍ोर्नी तथा नशा , दाँत, नाक, कान र घाँटी, मुटु, लगायतको जाँच गरिएको थियो । स्वास्थ्य शिविरमा ३७६ जनाको बी एण्ड बी हस्पिटल ग्वार्कोका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका आय‍ोजक फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.का बरिष्ठ लेखा अधिकृत राजेन्द्र महर्जनले बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण भइ औषधि सेवन गर्नु पर्ने विरामीलाई नि:शुल्क औषधि वितरण गरियो भने स्वास्थ्य परीक्षणको क्रममा एक्सरे र अल्ट्रसाउण्ड गर्नु पर्ने अवस्था देखिएका विरामीलाई बी एण्ड बी हस्पिटल ग्वार्कोमा लगेर नि:शुल्क एक्सरे र अल्ट्रासाउण्ड गरिएको थियो । यो संस्थाले आय‍ोजना गर्ने स्वास्थ्य शिविरमा आफूहरुको सधै साथ र सहयोग रहने स्वास्थ्य शिविरमा आएका बी एण्ड बी हस्पिटल ग्वार्कोका स्वास्थ्यकर्मीहरुले बताए । यो स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरुको बी एण्ड बी हस्पिटल ग्वार्कोमा एक महिनाभित्र स्वास्थ्य परीक्षण गर्दा २० प्रतिशत, एक्सरे र अल्ट्रासाउण्डमा ५०/५० प्रतिशत र औषधिमा १५ प्रतिशत छुट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको भनाइ थियो ।

स्वास्थ्य शिविरको समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले स्वास्थ्यकर्मी लगायतलाई धन्यबाद ज्ञापन सहित प्रमाण-पत्र प्रदान गर्नुभयो । सो अवसरमा

उहाँले ले समय समयमा सबैले आफ्नो स्वास्थ्य परीक्षण गर्नु पर्ने बताउदै स्थानीय समुदायमा आधारित रही सञ्चालन भइरहेको फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले बी एण्ड बी हस्पिटलसँग सहकार्य गरेर नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरि ठेचोका स्थानीयबासीलाई नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेर राम्रो काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

त्यस अवसरमा संस्थाको अवस्था र गतिविधि बारे प्रकाश पार्दै आयोजक फ्रेण्ड्स सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.का अध्यक्ष नन्द ग‍ोपाल महर्जनले उक्त स्वास्थ्य शिविर सफल पार्न य‍ोगदान गरेका स्वास्थ्यकर्मीहरु, श्री सरस्वती मा.व. ठेचो परिवार , फ्रेण्ड्स् सेभिङग एण्ड क्रेडिट को-अपरेटिभ लि. परिवार र नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने लगायत सबैमा धन्यबाद ज्ञापन गर्दै यस संस्थाले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरुमा पनि सबैको साथ र सहयोग रहन विश्वास व्यक्त गर्नुभयो ।

नि:शुल्क स्वास्थ्य शिविरको झलक

Leave a Reply