बागमती प्रदेश अन्तर्गतका साकोसहरु स्थिरीकरण कोषमा सहभागी हुनु पर्ने

हेटौडा/ बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागमती प्रदेश अन्तर्गतका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रचलित कानुन बमोजिम स्थिरीकरण कोषमा सहभागी हुन र त्यसका लागि नेफ्स्कून र बचत तथा ऋण सम्बन्धी विषयगत प्रदेश र जिल्ला संघहरुलाई त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न भनेको छ । सो मन्त्रालयले यही चैत्र ७ गते गरेको निर्णय कार्यान्वयनका लागि जारी गरिएको सूचनामा सो कुरा उल्लेख छ ।

सहकारी ऐन, २०७४ बमोजिम नेफ्स्कूनका अध्यक्षको अध्यक्षतामा स्थिरीकरण कोष सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *