ललितपुर/ ललितपुरको सहकारी अभियानले यही चैत्र १९,२० र २१ गते विभिन्न कार्यक्रम गरी ६५औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ भन्ने नारा तय गरी मनाउन लागिएको यो दिवस भव्य रुपमा मनाउनको लागि जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको अगुवाईमा ललितपुरमा क्रियाशील सबै विषयगत सहकारी संघहरुका प्रतिनिधि रहेको ६५औं राष्ट्रिय सहकारी दिवस , मूल समारोह समिति गठन गरिएको बताइएको छ । त्यस समितिले सहकारी अभियानमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै तीन दिने कार्यक्रम घोषणा गरेको जनाएको छ ।
यही चैत्र २० गते डिलाइट पार्टी प्यालेस, महालक्ष्मीस्थान, ललितपुरमा जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको निर्वाचन सहितको ३०औं वार्षिक साधारण सभा आयोजना गरिएपनि यी दुबै कार्यक्रम एकले अर्कोलाई सहयोग गरेर सञ्चालन गर्ने उक्त मूल समारोह समितिले निर्णय गरेको जानकारी प्राप्त भएको छ ।