ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा रहेको डाफे बहुउद्देश्यीय सहकारी संस्था लि. को १४ औ बार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष बेलबहादुर लुङ्बाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य दिनेश महर्जनको प्रमुख आतिथ्यतामा २०७८ कार्तिक २७ गते ललितपुरमा सम्पन्न भयो । सो साधारण सभाले उक्त संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदस्यहरु बीच छलफल गरी पारित ग-यो । साधारण सभाले उक्त संस्थाको ४ वर्षे कार्यकाल रहने गरी पुन: बेलबहादुर लुङ्बाको अध्यक्षतामा सञ्चालक समिति र आइसिंह घलानको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सोही सञ्चालक समितिको उपाध्यक्षमा सविता तुम्बापो नेम्वाङ, सचिवमा कमलबहादुर भुलन र कोषाध्यक्षमा लोकबहादुर भुलन तथा सदस्यमा टेकबहादुर जिम्बा,अञ्जु चौलागाईँ र रामचन्द्र सुवेदी हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको सदस्यमा हिना प्रधान र अञ्जु लुङ्बा रहनु भएको छ । त्यसैगरी उक्त साधारण सभाले सो संस्थामा रामचन्द्र सुवेदी संयोजक र गंगामाया तामाङ सदस्य रहेको ३ सदस्यीय ऋण उप-समिति , विजय रुम्बाको संयोजकत्वमा ३ सदस्यीय शिक्षा तथा तालिम उप-समिति , विमला कुमारी गोले संयोजक तथा सविता खड्का र रचना वाइबा सदस्य रहेको महिला उप-समिति र निरज बेलबासे संयोजक र रेणु सिलवाल सदस्य रहेको ३ सदस्यीय व्यवसायि लगानी तथा प्रवर्द्धन उप-समिति चयन गरेको छ । बाँकी रिक्त पदपूर्ति सञ्चालक समितिले गर्ने जनाइएको छ । त्यस संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको पदाधिकारी तथा सदस्य चयनका लागि सोही संस्थाका कानूनी सल्लाहकार विजय सिलवालको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको थियो ।