काठमाडौं/ बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेहरु मध्ये धेरैको रोजाई सहकारी पर्ने गरेको देखिएको छ । सहकारीमा आबद्ध ७५ लाख भन्दा बढी नेपालीहरु मध्ये बैंक तथा वित्तीय क्षेत्रबाट निबृत्त हुनेको संख्या पनि ठूलै रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी मनमोहन श्रेष्ठ(पुस्कर साकोसका अध्यक्ष ) देखि लिएर धेरै जना सहकारीसँग सम्बद्ध छन् , जसमध्ये सञ्चालक समिति , लेखा सुपरीवेक्षण समितिका साथै व्यवस्थापनको जिम्मेवारीमा रहेको देखिन्छ । सहकारी संस्थाहरुले पनि सकेसम्म बैंक तथा वित्तीय क्षेत्रमा काम गरेकाहरुलाई नै व्यवस्थापनको लागि पहिलो प्राथमिकता दिएको पाइन्छ । त्यसो गर्नुको कारण बैंक तथा वित्तीय संस्थामा काम गरेर आएका व्यक्तिहरुबाट अनावशयक खर्च कटौती र खराव कर्जाको दरलाई न्युनिकरण गरी संस्थालाई नाफामा लान सक्छन् भन्ने विश्वास हुनु हो ।
बैंक तथा अन्य वित्तीय संस्थामा पहुँच पुग्न नसकेका आर्थिक विपन्न परिवारका मानिसहरुको लागि सहकारी जीवन परिवर्तनको आधार बनिरहेको छ ।