भक्तपुर जिल्ला बचत संघको १७औं वार्षिक साधारण सभा सम्पन्न, कृष्णगोविन्द लाखाजु अध्यक्षमा पुन: निर्विरोध चयन

भक्तपुर/ भक्तपुर जिल्रा बचत तथा ऋण सहकारी संघ लि.को १७औं वार्षिक साधारण सभा कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र बालमुकुन्द उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गर्दै आज भक्तपुर बैङ्क्वेट,व्यासीमा सम्पन्न भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा हरि बल्ल, सचिवमा जगन्नाथ प्रजापति र कोषाध्यक्षमा काञ्छाभक्त घजु तथा सदस्यमा पञ्चकृष्ण श्रेष्ठ,कृष्णश्वरी प्रजापति , सन्तोषी खतिवडा (कार्की), काजीबहादुर पञ्च र इन्द्रप्रसाद ब्याञ्जु हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको सदस्यमा श्रीप्रसाद त्यातजु र सुशिला पराजुली बराल हुनुहुन्छ । सञ्चालक समितिको महिला कोटा अन्तर्गतका २ सदस्य पद बाहेक सञ्चालक समितिका बाँकी पदाधिकारी र सदस्य तथा लेखा सुपरीवेक्षण समितिको संयोजक र सदस्य सर्वसम्मत चयन भएका हुन् । सञ्चालक समितिको महिला कोटा अन्तर्गतका २ सदस्य पदमा कृष्णाश्वरी प्रजापति , सन्तोषी खतिवडा (कार्की) र देवका श्रेष्ठ उम्मेद्वार बनेपछि ती पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सन्तोषी खतिवडा (कार्की)ले १०० मत, कृष्णश्वरी प्रजापतिले ९७ मत र देवका श्रेष्ठले २३ मत प्राप्त गर्नु भएको थियो ।
उक्त साधारण सभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षे (रोहित)ले उद्घाटन गर्नु भयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष रोहितले सहकारीले उत्पादन बृद्धि, रोजगारी सृजना र गरिवी निवारणमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा नेफ्स्कूनका नि:बर्तमान अध्यक्ष डी.बी. बस्नेत, नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग, नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरु, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा , जिल्ला सहकारी संघ लि. ,भक्तपुरका अध्यक्ष केदार खड्का र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
त्यस साधारण सभाको अध्यक्षता गर्दै उक्त संघका अध्यक्ष लाखाजुले ‘भक्तपुरको साकोस अभियानलाई मर्यादित र गुणात्मक विकास गर्ने गरी भक्तपुर जिल्ला बचत संघ निरन्तर कार्य गरिरहेको छ’, भन्नुभयो । त्यसै संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य र सञ्चालक कृष्णश्वरी प्रजापतिले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संघका सचिव जगन्नाथ प्रजापतिले संघको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु, कोषाध्यक्ष काञ्छाभक्त घजुले आर्थिक प्रगति तथा अनुमानित बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए । पारित भएका ती प्रतिवेदनमा सो संघमा आर्थिक वर्ष २०७६/०७७ मा सदस्य संख्या १९७ र वासालात १ अर्ब २ करोड ९९ लाख ६७ हजार ९ सय ९७ रुपैया ४ पैशा रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा सदस्य संख्या २०० , वासारात १ अर्ब ६७ करोड ६२ लाख ४२ हजार ९ सय ४८ रुपैमया ४२ पैशा , कुल आम्दानी ११ करोड ४९ हजार ४ सय ६४ रुपैया २५ पैसा , कुल खर्च ८ करोड ७८ लाख ५० हजार २ सय ७१ रुपैया ६८ पैशा र कुल बचत २ करोड २१ लाख ९८ हजार ९ सय ९३ रुपैया २१ पैशा रहेको उल्लेख छ ।

सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले संयोजन गर्नु भएको त्यस साधारण सभामा आर्थिक वर्ष २०७७/०७८ मा उक्त संघको कुल व्याज खर्चमा १२.६५ प्रतिशत व्याज प्राप्त गरी बचतमा प्रथम स्थानको योगदान गर्ने भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु.६२,९९२.२० सहित प्रशंसा-पत्र, सोही आर्थिक वर्षमा संघको कुल व्याज खर्चमा ८.१४ प्रतिशत व्याज प्राप्त गरी बचतमा द्वितीय स्थानको योगदान गर्ने सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु. ४२,४५४.८० र प्रशंसा-पत्र , त्यसै आर्थिक वर्षमा उक्त संघको कूल व्याज खर्चमा ५.६२ प्रतिशत व्याज प्राप्त गरी बचतमा तृतीय स्थानको योगदान गर्ने उपकार बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु.३५,७८८.२० सहित प्रशंसा-पत्र प्रदान गरियो । यसैगरी आर्थिक बर्ष २०७७/०७८मा उक्त संघमा कुल ऋण व्याज आयमा ३६.२१ प्रतिशत योगदान घरी प्रथम स्नानको संचित बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु.२,१७,२६३.६० सहित प्रशंसा-पत्र , उक्त आर्थिक वर्षमा सो संघको कुल ऋण व्याज आयमा १४.९१ प्रतिशत योगदान गरी द्वितीय स्थानको सागबारी बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु.८९,४५४ सहित प्रशंसा-पत्र र त्यसै आर्थिक वर्षमा सोही संघको कुल ऋण व्याज आयमा ९.८९ प्रतिशत योगदान गरी तृतीय हुने तोडोलछाप बचत तथा ऋण सहकारी संस्था लि.लाई संरक्षित पूँजी फिर्ता रु.५९,३५६.८० सहित प्रशंसा-पत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *