भक्तपुर/ भक्तपुरको सूर्यविनायकमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुको लागि यो महिना २ वटा तालिम सञ्चालन गर्ने भएको छ । सो संघको आयोजनामा यही चैत्र १६ गते भक्तपुरको हाकूफोहिटी स्थित भक्तपुर बैङ्क्वेटमा आफ्ना सदस्य संस्थाहरुका पदाधिकारी तथा व्यवस्थापकका लागि तरलता व्यवस्थापन तालिम र यही चैत्र २२ गते भक्तपुरको थिमि- कमेरोटारस्थित न्यू एभरेष्ट पार्टी प्यालेसमा आफ्ना सदस्य संस्थाहरुका ऋण उप-समिति र ऋणमा कार्यरत कर्मचारीहरुका लागि ऋणको कानुनी प्रक्रिया तथा थियो मुल्याङ्कन तालिम सञ्चालन गर्न लागेको जनाइएको छ ।
सो संघले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत २० गते प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले अलगपथलाई बताउनुभयो । २०० वटा सहकारी संस्था सदस्य रहेको उक्त संघमा निक्षेप संकलन रु.१ अर्ब १५ करोड , ऋण लगानी रु.७८ करोड र कुल कारोबार रु.१ अर्ब ३६ करोड रहेको व्यवस्थापक धोजुको भनाई छ ।