भिन्तुना साकोसको अर्ध-वार्षिक समीक्षा  सम्पन्न

भिन्तुना  बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा काभ्रे कोशी पारिको मुलखर्क भिमेशेन स्थानमा २०८१ फाल्गुण २९ गते बिहीबार सो संस्थाको आ.व.२०८१/०८२ अर्ध-वार्षिक समीक्षा गोष्ठी  सम्पन्न भयो | कार्यक्रममा प्रमुख अतिथि तथा नेमकिपा भक्तपुर  नगर समितिका पूर्व अध्यक्ष एवं साविक भक्तपुर नगरपालिका १५ नम्बर वडाका पुर्व वडा अध्यक्ष रबिन्द्र खर्बुजाले भिन्तुना साकोसको थप प्रगतिको शुभकामना ब्यक्त गर्दै मुलखर्कमा भिमशेन मन्दिरको स्थापनाबारेमा प्रकाश पार्नुभयो |
कार्यक्रममा नेमकिपा भक्तपुर नगरपालिका वडा नं.२ समितिका इञ्चार्ज रत्नकाजी नायाभारीले यही चैत्र ५ गते अुनृ स्ववियु निर्वाचनमा नेमकिपाको भात्रृ संगठन नेपाल क्रान्तिकारी बिद्यार्थी संघलाइ बिजयी गराउन छोरा छोरीलाई प्रचार गर्न अनुरोध गर्नुभयो | उहाँले ‘नेमकिपाको महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा व्यापक छलफल भएको थियो’, भन्नुभयो |
त्यस अवसरमा उक्त संस्थाका संस्थापक अध्यक्ष आशकुमार कोजुले ‘संघ सस्थाको सिद्वान्तबाट चुक्नु  हिमालमा चिपलेती खेल्नु सरह हो, तसर्थ:  सहकारीमा समस्या आउनु संघ संस्थाहरु सहकारीको विनियम र सिद्वान्त अनुसार नचल्नु हो’, भनुभयो |
उक्त समीक्षा कार्यक्रमको अध्यक्षता गरेका सोही संस्थाका अध्यक्ष कृष्ण गोबिन्द सुवालले वार्षिक समीक्षा मिनी साधारणसभा हो,संस्थाले सदस्यहरुको हितार्थ आर्थिक ,सामाजिक र सांस्कृतिक गतिविधिका साथै सीपमूलक र आयमूलक तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो | 

कार्यक्रममा त्यसै संस्थाका सचिब कृष्णप्रसाद सुवालले ‘संस्थापकहरु सहकारीका मार्गनिर्देशकहरु हुन्’, भन्नुभयो | 

कार्यक्रममा भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष गणेशप्रसाद सुवालले उक्त संस्थाको आ.व. २०८१/०८२ को अर्ध-वार्षिक समीक्षा  प्रस्तुत गर्नुभयो | उहाँले यही चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेक्रावि संघका उम्मेदवारलाइ विजयी गराउन सहयोग गर्न अनुरोध गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *