माँ बंगलामुखी सहकारी संस्था लि.१३औं वर्षमा प्रवेश

ललितपुर/ ललितपुर महानगलपालिका-११, कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेड आजबाट १३औं वर्षमा प्रवेश गरेको छ । स्थापना भएदेखि नै सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । आफ्नै भवन रहेको त्यस संस्थाले फुटसल, जिमखाना लगायत सञ्चालन गर्नुका साथै ललितपुरको न्याढोल त:ननी टोलमा रहेको त:ननी बचत तथा ऋण सहकारी संस्था लि.सँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कूल सञ्चालन गरिरहेको छ । हाल उक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, उपाध्यक्ष राजेन्द्र तण्डुकार , सचिवमा राजेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा अञ्जु तण्डुकार र सदस्य दिनेश महर्जन , मुकेश खड्गी र रविना तण्डुकार हुनुहुन्छ । सोही संस्थाका अध्यक्ष महर्जन सहितको सक्रियतामा तरलता लगायतका समस्या आए एकले अर्कोलाई मद्दत गर्ने उद्देश्यले उक्त संस्था सहित कुम्भेश्वर महिला साकोस, त:ननी साकोस,, सर्वेश्वर साकोस, विभूति साकोस, लुज: साकोस, सर्वेश्वर साकोस समेत गरी १५ वटा सहकारी संस्थाहरु रहेको यल अन्तर सहकारी समन्वय समिति सञ्चालनमा छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको सो संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा/ तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा त्यस संस्थाले आफ्ना २३ वर्ष उमेर ननाघेका, स्नातक तह अध्ययनरत , कम्प्युटर सम्बन्धी ज्ञान र लेखा सम्बन्धी अनुभव भएका शेयर सदस्यहरुलाई कोअपरेटिभ एकाउण्टिङ (Cooperative Accounting) सिकाउने उद्देश्यले दैनिक दिउसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म ३ महिने कोअपरेटिभ इन्टर्नशीप प्रोग्राम (Cooperative internship programme)सञ्चालन गरिरहेको जनाएको छ ।

उक्त संस्था स्थापना भएको १३औं वर्ष प्रवेश गरेको अवसरमा सोही संस्थाका अध्यक्ष महर्जनले त्यस संस्थालाई सफलतापूर्वक अगाडि बढाउन सहयोग गर्ने त्यसै संस्त्थाका शेयर सदस्य, कर्मचारीहरु, ग्राहक महानुभावहरु तथा नियामक निकाय र शुभ चिन्तकहरुमा शुभकामना सहित धन्यबाद ज्ञापन गर्नु भएको छ । अध्यक्ष महर्जनले राज्यले नेपाल संविधान, २०७२ मा उल्लेखित सार्वजनिक, निजी र सहकारी रहेको तीन खम्बे अर्थनीतिलाई व्यवहारमा कार्यान्वयन गर्न र सहकारीको विकास र प्रवर्द्धनमा बाधक ऐन, नियम सहकारी मैत्री हुने गरी संशोधन गर्नु पर्ने खाँचो रहेको बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै ६५औं राष्ट्रिय सहकारी दिवसको नारा ‘ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ लाई व्यवहारमा कार्यान्वयन गर्न सरकार तथा सहकारी अभियान सँगै मिलेर अगाडि बढ्नु पर्ने खाँचो औँल्याउनुभयो ।

Leave a Reply