यशोधर साकोसमा तरलताको समस्या छैन : सुनिलरत्न बज्राचार्य

ललितपुरको बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.मा तरलताको समस्या नरहेको सोही संस्थाका व्यवस्थापक सुनिलरत्न बज्राचार्यले बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘हाम्रो यस संस्थामा यही भदौ २९ गतेसम्म शेयर पूँजी रु.६०,८८,६००, बचत संकलन रु.९,८१,०८,८८८ , कर्जा लगानी रु.७,६१,७१,७२९, कूल कारोवार रु.१०,६६,०२,१७८ रहेको छ’, भन्नुभयो ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाको गत साउन मसान्तसम्म शेयर पूँजी रु.६०,८२,१०० , बचत संकलन रु.९,४२,६३,५४१, कर्जा लगानी रु.७,५४,०६,५३०, जगेडा कोष रु.१४,६३,५७६ , अन्य कोष रु.१६,९४,५०९.९१ र जम्मा कुल कारोवार रु.१०,७४,७५,५९० रहेको थियो भने गत असार मसान्तसम्म शेयर पूँजी रु.६०,८२,१०० , बचत संकलन रु.९,४५,५१,८१२ , कर्जा लगानी रु.७,६९,२४,४७९ र कुल कारोवार रु.१०,६८,९६,६७४ रहेको सो संस्थाले जनाएको छ ।

व्यवस्थापक बज्राचार्यले हाम्रो यो संस्थाको सञ्चालक समितिको बैठकले आउदो असोज २९ गते आफ्नो १५औं वार्षिक साधारण सभा र निकट भविष्यमा यसै संस्थाको सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुको व्यक्तित्व विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

आउदो असोज १ गतेबाट उक्त संस्थाको कार्यालय बुबाहालस्थित दिगीबाट सञ्चालन हुने उहाँको भनाई छ ।

आफ्ना शेयर सदस्यहरु बीच बचत र ऋण कारोवार सञ्चालनसँगै उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गत असार १८ गते ललितपुरको बुबाहालमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । पाटन हेल्थ क्लिनिक , ललगनखेलका डाक्टर र नर्शहरुबाट मुटु , ईसीजी , रगत लगायत शरीरको पूरै जाँच गरिएको त्यस शिविरमा ८० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसैगरी सोही संस्थाको आयोजनामा गत साउन १८ गते बुबाहालमा नामसङ्गिती पाठ पस्तुती गरिएको थियो त्यस्तैगरी त्यस संस्थाको आयोजनामा गत साउन २७ गते बुबाहाल प्राङ्गडमा सरसफाई गरिएको थियो ।

त्यस्तै सो संस्ताको आयोजनामा गत भथौ ४ गते बुबाहालमा नै नामसंगिती स्तोत्र , दाफा भजन र ज्ञानमाला भजन प्रस्तुती गरिएको थियो बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *