यशोधर साक‍‍‍‍ोसले आफ्नो २४औँ स्थापना दिवसमा भोलि खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्दै

ललितपुर महानगरपालिका-१६, बुवहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २४औँ स्थापना दिवसक‍ो अवसरमा यशोधर महाविहार परिसरमा भोलि खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरि स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको स‍ो संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले रगत अभावले विरामीहरुको स्वास्थ्य उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भोलि विहान १० बजेदेखि दिउँसो २ बजेसम्म बुबहालस्थित यशोधर महाविहार परिसरमा खुल्ला रक्तदान कार्यक्रम आय‍ोजना गर्न लागेको अलगपथलाई बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५,६,११,१२,१६,१७,१८ र २० मा कार्यक्षेत्र रहेको यो संस्थाको आय‍ोजनामा हरेक शनिबार यशोधर महाविहार परिसरमा रक्तचाप (ब्लड प्रेसर) र मधुमेय (सुगर)को परीक्षण हुँदै आएको छ । निकट भविष्यमा स्वास्थ्य शिविर तथा सदस्य केन्द्रित रचानात्मक कार्यक्रम सञ्चालन गर्ने हाम्रो यस संस्थाको योजना रहेको त्यसै संस्थाका सचिव बज्राचार्यको भनाइ छ । विद्यमान अवस्थामा सहकारी विरोधी प्रचार प्रसारले सहकारीप्रति बढिरहेको नकारात्मक सोचका बाबजुद यस संस्थाले आफ्ना शेयर सदस्यहरुको मन जित्न सफल भई शेयर सदस्यहरुक‍ो साथ र सहय‍‍‍ोगले तरलता व्यवस्थापन गर्दै आएको छ भन्दै उहाँले गत चैत्र मसान्तसम्म यस संस्थामा शेयर पूँजी रु.७९,९८,८००, बचत (निक्षेप) संकलन रु. १०,४२,१७,२१३, ऋण प्रवाह रु.९,९०,८३,४९३, जगेडा तथा अन्य कोषहरुमा रु.३८,७४,३७४ र कूल कारोबार रु.११,८७,०९,२९४ रहेको बताउनुभयो ।

सो संस्थाको गत चैत्र १६ गते आ.व. २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा बैठक सम्पन्न भएको थियो । बैठकमा त्यसै संस्थाका अध्यक्ष राजमान बज्रचार्यले अध्यक्षता गर्दै संस्थाको प्रगति प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो । सोही संस्थाका सचिव सुनिलरत्न बज्राचार्यले संस्थाको आ.व.२०८०/०८१ को आयव्यय हरहिसाव प्रस्तुत गर्नुभएको त्यस बैठकमा उक्त संस्थाका सह-सचिव यज्ञमान बज्राचार्यले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

यस्तै सो संस्थाको आयोजनामा आफ्ना जेष्ठ शेयर सदस्यहरुको धार्मिक भ्रमण अन्तर्गत गत माघ १७ गते श्री करुणामय लं स्व वनेगुर रातो मछिन्द्रनाथ दर्शन कार्यक्रम बुङ्मती ,ललितपुरमा सम्पन्न भयो । सो कार्यक्रममा उक्त संस्थाका ६० जना जेष्ठ शेयर सदस्यको सहभागिता रहेको थियो ।

यस्तैगरी गत माघ ६ गते त्यसै संस्थाको आयोजनामा आफ्ना बाल बचतकर्ता सदस्यहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रम काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा सम्पन्न भएको थियो । त्यस भ्रमणमा संस्थाका ३१ जना बाल बचतकर्ता सदस्यको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *