राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा ६ जना र विज्ञ सदस्यमन ५ जनाको दरखास्त परेको छ । अध्यओ पदमा सो प्राधिकरणका पहिलो अध्यक्ष अर्जुनप्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा नेफ्स्कूनका निबर्तमान अध्यक्ष परितोष पौड्याल सहित डा.खगराज शर्मा, डा.हरिकुमार नेपाल, नारायणप्रसाद पौडेल उपाध्याय र अनिलराज पौडेल तथा विज्ञ सदस्यमा डा. खगराज शर्मा, डा.रुपा जोशी , सहदेव बस्रेल , रमेशप्रसाद चौलागाईँ र नारायणप्रसाद पौडेल उपाध्यायको निर्धारित समयभित्र तोकिएको मापदण्ड भित्र रहेर दरखास्त प्राप्त भएको उक्त प्राधिकरणले जनाएको छ । नेकपा (एमाले)का नेता बलराम अधिकारी भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री भएकाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा नेकपा (एमाले)को सहकारी तथा गरिबी निवारण विभागका सचिव समेत रहेका परितोष पौड्यालले बाजी मार्न सक्ने सम्भावना प्रवल रहेको कतिपय जानकार बताउछन् ।
