राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेती प्रवल जनसेवा श्री भिभुषणबाट सम्मानित

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती प्रवल जनसेवा श्र बिभुषणबाट सम्मानित हुनु हुने भएको छ । नेपालको सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा उहाँलाई उक्त भिभुषणबाट सम्मान गर्ने घोषणा गरिएको छ । उप्रेती बिगत लामो समयदेखि नेपाल सहकारी अभियानमा निरन्तर क्रियाशील हुनुहुन्छ ।

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेती सहित बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका ९९८ जनालाई बिभिन्न बिधाका विभुषण प्रदान गर्ने घोषणा राष्ट्रपति भण्डारीले आज गर्नु भएको हो । यसमा नेपाली खेल जगतका गौरिका सिंह लगायत पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *