राष्ट्रिय सहकारी बैंक लि.द्वारा नयाँ व्याजदर निर्धारण

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले आजबाट नयाँ व्याजदर लागू गरेको जनाएको छ । जसअनुसार बैंकले बचततर्फ ४.५० प्रतिशतदेखि १३.५० प्रतिशतसम्म र कर्जातर्फ ११ प्रतिशत देखि १३.७५ प्रतिशतसम्म व्याजदर निर्धारण गरेको जनाएको छ । घर घडेरी खरीद तथा भवन निर्माण कर्जाको स्व-लगानी नियम अनुसार हुनेछ, मुद्दति बचतको Bid rate १३.५० प्रतिशतसम्म कायम गर्न सक्नेछ र अपाङ्ग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित व्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सक्नेछ तर यस्तो सुविधा दोहोरो हुने गरी प्रदान नगरिने उक्त बैकको भनाई छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले ६८ वटा शाखा कार्यालयबाट आफ्ना सदस्य रहेका १५ सय भन्दा बढी सहकारी संघ/संस्थालाई वित्तीय सेवा प्रवाह गरिरहेको उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीको भनाई छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply