राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई सूर्यविनायक न.पा.को उप-मेयरमा निर्वाचित

भक्तपुर / यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई तिमिल्सिना भक्तपुरको सूर्यविनायक नगरपालिकाको उप-मेयरमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)की उप-मेयरकी उम्मेद्वार भट्टराईसँगै सोही पार्टीका मेयरका उम्मेद्वार बाशुदेव थापा पनि विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर थापा भने यस अगाडि पनि सो नगरपालिकाको मेयर हुनुहुन्थ्यो । उक्त नगरपालिकाको बहुसंख्यक वडामा नेकपा (एमालेका) उम्मेद्वार विजयी हुनुभएको छ ।

मेयर थापा र उप-मेयर भटृटराई सहित सूर्यविनायक नगरपालिकाकाका सबै नवनिर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय सहकारी महासंघ लि., राष्ट्रिय सहकारी बैंक लि. सहितका विभिन्न सहकारी संघ/संस्था र व्यक्तिहरुले बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको कामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *