राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरु पुरस्कृत

ललितपुर/ राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरमा उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा नियमित कारोबार गरेका र उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुमध्ये उक्त बैंकको १८औं वार्षिक साधारण सभामा घोषणा गरिएका बिभिन्न पुरस्कार मध्ये शाखा स्तरीय नियमित कारोबार गर्नै र उत्कृष्ट कारोबार गर्ने विधा तर्फको पुरस्कार त्यसै बैंकका मुख्य शाखा कार्यालय तथा शाखा कार्यालय लगनखेल र चापागाउँमा नियमित र उत्कृष्ट कारोबार गरेका सहकारी संस्थाहरुमध्ये नियमत कारोबार बिधा र उत्कृष्ट विधामा छनौट भएका १/१ वटा उत्कृष्ट सहकारी संस्थालाई बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको सोही बैंकको शाखा कार्यालय ,लगनखेलकी प्रमुख रमा घिमिरे जानकारी दिनु भएको छ । जस अनुसार उत्कृष्ट कारोबार विधामा मुख्य शाखा कार्यालयबाट सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भोटेचौर -१ ,सिन्धुपाल्चोक र नियमित कारोवार विधामा उत्कृष्ट शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुलेश्वर-१४, काठमाडौं पुरस्कृत भएको छ । यसैगरी सोही बैंकको लगनखेल शाखाबाट उत्कृष्ट कारोवार बिधामा श्री गणेश बहुउद्देश्यीय सहकारी सहकारी संस्था लिमिटेड, लगनखेल र नियमित विधामा स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुमारीपाटीलाई पुरस्कृत गरिएको छ भने त्यसै बैंकको
चापागाउँ शाखाबाट उत्कृष्ट बिधामा जगत श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ठेचो र नियमित कारोबार विधामा सम्झना कृषि सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ ।

ती सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले पुरस्कृत सहकारी संस्थाहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । अध्यक्ष उप्रेतीले सहकारी संस्थाहरुले सुशासनमा ध्यान दिनु पर्नेमा जोड दिनु हुदै सुचाकांक राम्रो भएका सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.को सहयोग रहने बताउनुभयो ।

Leave a Reply