काठमाडौं/ बिगतका वर्षहरुमा झैं यस वर्ष पनि राष्ट्रिय सहकारी महासंघ लि.ले ६५औं राष्ट्रिय सहकारी दिवसको थिम प्रतिस्पर्धाबाट छनौट गर्ने भएको छ । सो महासंघद्वारा आज जारी गरिएको सूचनामा आजको ठीक १५ दिन भित्र प्राप्त भएको उत्कृष्ट थिमलाई छनौट गरी त्यसलाई नगद पुरस्कार समेत प्रदान गर्ने उल्लेख छ ।
वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखानसिंह गुरुङको आगुवाई बखान सहकारी संस्था लि. स्थापना भएको दिनको सम्झानामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । सोही दिनदेखि नेपालमा आधुनिक सहकारीको शुभारम्भ भएको मान्ने गरिएको छ ।